अर्थ / बाणिज्य

काठमाडौँमा फेरि भेटियो बर्डफ्लू संक्रमण

इकागज |
जेठ १२, २०७८ बुधवार १५:४८ बजे

फाइल फोटो

काठमाडौँ : नेपालमा फेरि चराचुरुंगीमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ । काठमाडौँको कीर्तिपुर नगरपालिका र चन्द्रागिरि नगरपालिकामा चराचुरुंगीमा पुष्टि भएको हो । 

पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले इकागजसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् । टर्की, हाँस, बटाईको नमुना सङ्कलन गरेर केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लू पुष्टि भएको उनले जानकारी दिए ।  


उनले भने, 'विस्तृत विवरण मन्त्रालयमा (कृषि विकास तथा पशुपन्छी) रिपोर्टिङ गरेपछि सार्वजनिक गर्नेछौँ ।'


Author

थप समाचार
x