अर्थ / बाणिज्य

म्युचुअल फन्डको आम्दानीमा कर नलाग्ने, शैक्षिक संस्थालाई समेत कर छुट

इकागज |
जेठ १६, २०७८ आइतबार १४:१६ बजे

काठमाडौँ : सरकारले सामूहिक लगानी कोष (म्युचुअल फन्ड) ले आर्जन गर्ने नाफामा आयकर छुट दिने व्यवस्था गरेको छ । आर्थिक अध्यादेशले आयकर ऐन, २०५८ संशोधन गर्दै म्युचुअल फन्डको नाफामा कर छुट दिने निर्णय गरेको हो ।

२०७७ जेठ २५ मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल धितोपत्र बोर्डको वार्षिकोत्सवमा बोल्दै म्युचुअल फन्ड प्रभावकारी नभएको भन्दै यसको भूमिका प्रभावकारी बनाउन निर्देशन दिएका थिए । उचित प्रतिफल नदिएपछि म्युचुअल फन्डमा लगानीकर्ताहरूको आकर्षण घटिरहेको छ ।

त्यसबाहेक शैक्षिक संस्थाहरूको आम्दानीमा समेत कर छुट व्यवस्था गरेको छ । सरकारसँग समझदारी गरेर नाफा नकमाउने वा वितरण नगर्ने उद्देश्य राखेको शैक्षिक संस्थाले आर्जन गरेको रकमा आय कर छुट दिने व्यवस्था गरेको हो ।



Author

थप समाचार
x