अर्थ / बाणिज्य

अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको निधन

इकागज |
जेठ १८, २०७८ मगलवार ९:४० बजे

काठमाडौँ : अर्थशास्त्री डा. गोविन्द बहादुर थापाको निधन भएको छ । कोभिड–१९ संक्रमित थापाको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले बताएको छ । 

थापा २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको तत्कालीन नेकपा एमालेको सरकारको बजेट निर्माणमा संलग्न थिए । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग थापाको निकटता थियो । अधिकारी भौतिक योजना तथा निर्माण मन्त्री हुँदा पनि थापा सल्लाहकार थिए । नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी थापाले सरकारमा रहेर पनि विभिन्न नीति निर्माणमा योगदान गरेका थिए । 


थापाले एसियाली विकास बैंक (एडीबी) मुख्यालय फिलिपिन्समा पनि काम गरेका थिए । 
 


Author

थप समाचार
x