अर्थ / बाणिज्य

सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

इकागज |
मंसिर १३, २०८० बुधवार १३:१५ बजे

काठमाडौँ- केही दिनयता निरन्तर सुनको भाउ उकालो लागेको छ । गत सोमबारबाट उकालो लागेको सुनको भाउ बुधबारसम्म आइपुग्दा तोलाको १ लाख २० हजार नजिक पुगेको छ । 

निरन्तर नयाँ रेकर्ड बनाउँदै सुनको भाउ बढिरहेको छ । बुधबार १ हजार ६०० रुपैयाँले बढेको सुन तोलामा १ लाख १९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो । 


यसअघि मंगलबार ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ र सोमबार ५०० रुपैयाँले बढेर १ लाख १७ हजार ४०० रुपैयाँमा प्रतितोला छापावाला सुनको कारोबार भएको थियो । 

बुधबार तेजाबी सुन तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा एक हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x