अर्थ / बाणिज्य

'अल-टाइम हाइ' बिन्दुमा सेयर बजार

२९०० नाघ्यो सेयर बजार, कारोबार १७ अर्बभन्दा बढी

इकागज |
जेठ २३, २०७८ आइतबार १५:३४ बजे

काठमाडौँ : आइतबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक ५० अंकले बढेर ऐतिहासिक बिन्दुमा पुगेको छ । १.७५ प्रतिशतले बढेर नेप्से २९०६.८९ बिन्दुमा पुगेको हो । यो अहिलेसम्मकै 'अल-टाइम हाइ' (उच्चतम्) बिन्दु हो ।

बैंकिङ र इन्भेष्टमेन्ट समूहको परिसूचक बढ्दा नेप्सेलाई उचाइमा पुग्न बल पुगेको हो । यद्यपि कारोबारमा आएकामध्ये ६ समूहका परिसूचक भने कमजोर छन् ।

बैंकिङ समूहका परिसूचक ३.६६ अंकले बढेको छ भने इन्भेष्टमेन्ट समूह ३.९७ प्रतिशतले बढेको छ । महिला लघुवित्तको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, रिदी हाइड्रोपावर र नेपाल बंगलादेश बैंकको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ ।

कारोबार रकमसमेत १७ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । एक लाख ७१ हजार ६० पटकको किनबेचमा तीन करोड ७४ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ ।

पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ८३ करोड ९० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।  



Author

थप समाचार
x