अर्थ / बाणिज्य

१७ कम्पनीको सेयर भाउ आकाशियो

इकागज |
जेठ २४, २०७८ सोमबार १६:० बजे

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक सामान्य ओरालो लाग्दा पनि १७ कम्पनीहरूको सेयर भाउ आकाशिएको छ । ०.२१ अंकले घटेर नेप्से परिसूचक २९०६.७० बिन्दुमा पुगेको हो । आइसिएफसी फाइनान्स लिमिटेड, सेन्ट्रल फाइनान्स र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ ।

कामना सेवा विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, गुडविल फइनान्स, गुर्खाज फाइनान्स लिमिटेड, गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी, जानकी फाइनान्स, मञ्‍जुश्री फाइनान्स, रिदी हाइड्रोपावर, समृद्धि फाइनान्स, रिलायन्स फाइनान्स, नेपाल हाइड्रोपावर कम्पनी, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर कम्पनी र शांग्रिला डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ ।

बैंकिङ समूहको परिसूचक ओरालो लाग्दा नेप्से परिसूचक सामान्य अंको गिरावट आयो । क वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ०.०७ प्रतिशतले घटेको छ ।

विकास बैंक, फाइनान्स र हाइड्रोपावर समूहको परिसूचकमा उच्च वृद्धि भएको छ । नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार उच्च छ । ६२ करोड रुपैयाँ बराबर कम्पनीको सेयर कारोबार भएको छ ।  यसको मूल्य एक हजार नौ सय एक रुपैयाँ कायम भएको छ । कुल सेयर कारोबार १५ अर्ब ८१ करोड रुपैयाँ छ । डेढ लाख पटकको कारोबारमा तीन करोड ५४ लाख ७४ हजार चार सय १४ कित्ता सेयर किनबेच भएको छ ।



Author

थप समाचार
x