अर्थ / बाणिज्य

प्रोपब्लिकाको खोजमुलक रिपोर्ट : विश्वका धनाढ्य तिर्दैनन् कर

नेपालका अर्बपति विनोद चौधरी पर्दैनन् ठूला करदातामा

इकागज |
जेठ २६, २०७८ बुधबार १३:४२ बजे

काठमाडौँ : अमेरिकाको खोज पत्रकारितासम्बन्धी संस्था प्रो पब्लिकाले विश्वका अर्बपति सूचीमा रहेका धनाढ्यहरूको आयकर विवरणसम्बन्धी तथ्य सार्वजनिक गरेको छ । जेफ बेजोस, एलन मस्क र वारेन बफेट जस्ता ठूला अर्बपतिहरूले आफूले आर्जन गरेको धनको तुलनामा न्यून आयकर तिर्ने गरेको रिपोर्टमा उल्लेख छ । कहिलेकाही त कर नै नतिर्ने गरेको समेत दाबी गरिएको छ । 

फोब्स धनाढ्य सूचीको अग्रस्थानमा रहेका जेफ बेजोसले  सन् २००७ मा एक पेनी पनि आयकर नतिरेको उल्लेख छ । त्यसपछि सन् २०११ मा उनले कर तिरेनन् । सन् २०१८ मा टेस्लाका मालिका एलन मस्कले समेत कर बुझाएनन् । 


प्रोपब्लिकाले अमेरिकाको आन्तरिक राजस्व सेवासम्बन्धी तथ्यांक फेला परेको दाबी गरेको छ । मुलुकका हजारौं धनाढ्यको कर चुक्ता विवरण फेला पारेको छ । 

ट्रम्पको कर नीति उल्टाउने तयारीमा जो बाइडन
अमेरिकी राष्ट्रपति जो बाइडन धनाढ्यहरूमा कर बढाउने तयारी गरिरहेका छन् । मुलुकमा समानता कायम राख्न उनले कर बढाउने योजना रहेको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमले जानकारी दिएको छ ।

लगानीभन्दा बढी कमाइ गरिरहेका धनाढ्यलाई दुई गुणासम्म कर बढाउने उनको तयारी छ । बाइडनले टप मार्जिनल इनकम ट्याक्सलाई ३७ प्रतिशतबाट ३९.६ प्रतिशत पुर्‍याउने प्रस्ताव गरेका छन् । 

सन् २०१७मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले कर कटौतीको फैसला गरेका थिए । 

कसले कति तिरे कर ?
वारेन बफेटले सन् २०१४-१८ मा दुई करोड ३७ लाख अमेरिकी डलर कर तिरेका छन् । जबकी यस समयावधिमा उनको धन २४.३ अर्ब डलरले बढेको फोब्समा उल्लेख छ । प्रोपब्लिकालाई दिएको जवाफमा बफेटले आफ्नो मृत्युपछि ९९.५ प्रतिशत आयकर र परोपकारमा खर्च हुने उल्लेख छ । 

प्रो पब्लिकाका अनुसार जेफ बेजोसले सन् २००७ मा एक पेनी कर बुझाएनन् । तर उनको कम्पनीको सेयर मूल्य दुई गुणाले बढेको थियो । सन् २०११ मा उनको धन १८ अर्ब अमेरिकी डलर पुग्यो । उनले आफ्नो घाटा देखाउँदै बच्चाका नाममा चार हजार डलरसम्म कर छुट लिए । एक खर्ब ९० अर्ब डलर नेटवर्थ भएका बेजोस विश्वकै धनाढ्यमा पर्छन् । 

यसले मुलुकको कर प्रणालीमा रहेको कमजोरीको फाइदा उठाउँदै धनीहरू कर तिर्नबाट उम्किने गरेको पूष्टी हुन्छ । 

फोब्स अर्बपति विनोद चौधरी पर्दैनन् ठूला करदातामा
फोब्सको अर्बपतिको सूचीमा रहेका एक मात्र नेपाली उद्योगपति विनोद चौधरी समेत ठूला करदाताको सूचीमा नपरेको भन्दै आशंका उठ्ने गरेको छ । 
दुई वर्ष लगातार उनको वार्षिक धन १.४ अर्ब अमेरिकी डलर छ । सन् २०१९ मा उनको धन बढेर १.७ अर्ब डलर पुगेको थियो । सन् २०१७ बाट उनको सम्पत्ति बढ्न थालेको थियो । ती वर्ष लगातार सम्पत्ति चौधरीले बढाउँदै गइरहेका थिए । तर दुई वर्षयता उनको अर्बपति सूचीमा स्थान खस्किदो छ । ६५ वर्षे चौधरी सिजी कर्प ग्लोबलका सञ्‍चालक हुन् ।

नेपालमा उनको नबिल बैंक र सिजी फुडमा ठुलो लगानी छ । सन् २०१५ मा फोर्ब्स एसिया म्यागजिनको कभर पेजमा झुल्किएका चौधरीले परोपकारितालाई आफ्नो सफलताको श्रेय मानेको बताएका थिए । 

आन्तरिक राजस्व विभागले प्रत्येक वर्ष सार्वजनिक गर्ने ठूला करदातामा सूर्यनेपाल प्राली र सिप्रदी ट्रेडिङका सञ्‍चालकहरू दोहोरिने गरेका छन् । 
विलासिताका साधन भन्दै सरकारले प्रत्येक वर्ष कर बढाउँदै जाने भएकाले आयातित मदिरा र सवारीसाधनमा उच्च दरमा कर लाग्ने गरेको छ । 


Author

थप समाचार
x