अर्थ / बाणिज्य

जलविद्युत् कम्पनीका सेयरमा बहार

नेप्से स्थिर बन्दा पनि १२ कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि

इकागज |
जेठ २७, २०७८ बिहीबार १५:३९ बजे

काठमाडौँ : बिहीबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक स्थिर देखिएको छ । १.८ अंकको सामान्य गिरावट आएर नेप्से २९४४.७८ बिन्दुमा पुगेको हो । नेप्से परिसूचक स्थिर बन्दा पनि १२ कम्पनीको सेयर मूल्यमा भने उच्च दरमा वृद्धि भएको छ ।

पाँचथर पावर कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । शिवश्री हाइड्रोपावर, ह्यादी पावर लिमिटेड, माउन्टेन इनर्जी नेपाल, रिदी हाइड्रोपावर, बरुण हाइड्रोपावर कम्पनी, सिइबिडी हाइड्रोपावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावर कम्पनी, छ्यांदी हाइड्रोपावर, पोखरा फाइनान्स कम्पनी र अपी पावर कम्पनीको सेयर मूल्यमा नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । 


जलविद्युत् समूहको परिसूचक करिब ३ प्रतिशतले बढेको छ । त्यसबाहेक विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको परिसूचक बढेका छन् । कुल सेयर कारोबार १६ अर्ब रुपैयाँ बराबर छ । एक लाख ५५ हजार ६ सय ९० पटकको कारोबारमा तीन करोड कित्ता सेयर किनबेच भएको छ । 

हकप्रदका लागि सेयर दाखिला खारेजको अन्तिम दिन एचआइडिसिएलको सेयर कारोबार उच्च छ । यसको ८३ करोड ९२ लाख रुपैयाँ सेयर कारोबार भएको छ । 


Author

थप समाचार
x