अर्थ / बाणिज्य

नेपालका एयरपोर्टमा भारतीय राख्ने प्रयास:

आजको बैठकमा भारतीय अजेन्डा पारित भएन

इकागज |
जेठ ३०, २०७८ आइतबार २२:३२ बजे

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले एयरपोर्टहरुमा सौर्य ऊर्जा प्लान्ट जडान गर्नेसम्बन्धी भारत सरकारले गरेको विवादास्पद प्रस्ताव पारित गरेन ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बैठकमा अन्य विषयमा छलफल भए पनि यससम्बन्धी अजेन्डामा प्रवेश हुन नपाएको बैठकपछि आइतबार राति इकागजलाई बताए । उक्त प्रस्तावबारे अर्को बैठकमा छलफल हुने जानकारी पनि शाक्यले दिए ।


भारतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका प्रमुख स्थानहरुमा सौर्य ऊर्जा जडान गर्न नेपाललाई प्रस्ताव गर्दै आएको थियो । ऊर्जा सचिव स्तरीय बैठकले भारतको प्रस्तावलाई अस्वीकार गरेपछि उसको नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) र प्राधिकरणबीच यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको र त्यसैलाई पारित गर्न प्राधिकरण सञ्चालक समिति बैठक डाकिएको खुलासा आज इकागजले गरेको थियो । 

जनता समाजवादी पार्टी जसपा को महन्थ-महतो खेमा सरकारमा सहभागी भएलगत्तै ऊर्जा मन्त्री शरतसिंह भण्डारीले पहिलोपटक प्राधिकरण बोर्ड बैठकको अध्यक्षता गर्दै भारतीय प्रस्ताव पारित गराउन लागेका थिए । 


Author

थप समाचार
x