अर्थ / बाणिज्य

३००० नाघ्यो सेयर बजार, ४२ खर्बको बजार पुँजीकरण

जीडीपीको अनुपातमा ९८ प्रतिशत पुग्यो सेयर बजार पुँजीकरण

इकागज |
जेठ ३१, २०७८ सोमबार १६:२ बजे

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचकले कीर्तिमानी अंक बनाएको छ । नेप्से ४२.७२ अंकले बढ्दा ३०२५.८३ बिन्दुमा पुगेको हो ।

चार कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर लागेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट ब्रेकर लागको हो । 


नेपाल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य एक सय चार रुपैयाँले बढेर एक हजार एक सय ४४ रुपैयाँ कायम भएको छ । खानीखोला हाइड्रोपावरको सेयर मूल्य २५ रुपैयाँले बढेर दुई सय ७५ रुपैयाँ कायम भएको छ । जोशी हाइड्रोपावरको मूल्य ३१ रुपैयाँले बढेर तीन सय ४१ रुपैयाँमा कारोबार भएको थियो । घलेम्दीको सेयर भाउ ३२ रुपैयाँले बढेर तीन सय ५२ रुपैयाँमा कारोबार भएको थियो । त्यसबाहेक आठ कम्पनीको सेयर मूल्य नौ प्रतिशत दरले बढेको थियो । 

बजार पुँजीकरण ४२ खर्ब १६ अर्ब रुपैयाँ कायम भएको छ । एक लाख ७५ हजार चार सय ११ पटकको कारोबारमा तीन करोड ५० लाख कित्ता सेयर किनबेच भएको छ । कुल सेयर कारोबार १८ अर्ब ८८ करोड रुपैयाँ छ । 


Author

थप समाचार
x