अर्थ / बाणिज्य

सामान्य घट्यो नेप्से, कारोबार साढे १६ अर्ब

इकागज |
असार १, २०७८ मंगलबार १५:४६ बजे

काठमाडौँ : बुधबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । तीन दशमलव ७२ अंकले घटेर नेप्से ३०२२ बिन्दुमा पुगेको हो । 

क वर्गका सूचीकृत कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सिटिभ इन्डेक्समा भने सामान्य वृद्धि भएको छ । कारोबारमा आएका पाँच समूहका परिसूचकबाहेक सबै समूह कमजोर छन् । सिइबीडी जलविद्युत्, खानीखोला हाइड्रोपावर र युनियन हाइड्रोपावर लिमिटेडका सेयर मूल्यमा उच्च वृद्धि भएको छ । 


१६ अर्ब ५२ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । एक लाख ६४ हजार सात सय ९० पटकको कारोबारमा तीन करोड नौ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी पुनर्बीमा कम्पनीको सेयर किनबेच भएको छ ।   


Author

थप समाचार
x