अर्थ / बाणिज्य

प्रादेशिक पुल बनाउन १ अर्ब २८ करोड

इकागज |
असार ३, २०७८ बिहीबार १९:२६ बजे

हेटौंडाः बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ मा प्रादेशिक सडकपुल निमार्ण गर्न एक अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बहुवर्षीय सडकपुललाई निरन्तरता दिएको र केही सडकपुल थप निर्माण हुने बताएका छन् ।

प्रदेश सरकारले चालू वर्षमा भने १२ वटामात्र प्रादेशिक सडकपुल निर्माण सम्पन्न गरेको छ । प्रदेशको १३ जिल्लामा ११ सडकपुल र एक झोलुङ्गे पुल निर्माण सम्पन्न भएको यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले जनाएकोे छ । २५ करोड ३८ लाखको लागतमा १२ पुलको निर्माण सम्पन्न भएको निर्देशनालयका निर्देशक डा.सहदेव बहादुर भण्डारीले बताए ।



Author

थप समाचार
x