अर्थ / बाणिज्य

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई सरकारको ग्यास सिलिन्डर र चुलो राहत

इकागज |
असार ४, २०७८ शुक्रबार १४:१३ बजे

काठमाडौँ : सरकारले  मेलम्ची र हेलम्बुका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर र ग्यास चुलो सहयोग दिएको छ । नेपाल आयल निगमले पीडितलाई एक-एक थान ग्यास सिलिन्डर र चुलो सहयोग गरेको जानकारी दिएको छ । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा सहयोग गरेको निगमले जानकारी दिएको छ ।  

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं नेपाल आयल निगम सञ्‍चालक समितिका अध्यक्ष दिनेश भट्टराई, निगमका पदाधिकारी र ट्रेड युनियनका पदाधिकारीहरूले राहत हस्तान्तरण गरेका थिए । निगमले एक-एक थान सिलिन्डर, ३० वटा चुलो र केही खाद्यान्न सामग्री सहयोग गरेको जानकारी दिएको छ । 



Author

थप समाचार
x