अर्थ / बाणिज्य

स्थानीय तहलाई समावेशी बजेट ल्याउन संघीय मन्त्रालयको सुझाव

इकागज |
असार ४, २०७८ शुक्रबार १४:२२ बजे

काठमाडौँ : ७५३ स्थानीय तहरूलाई समावेशी बजेट ल्याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ । स्थानीय तहले ल्याउने बजेटमा महिला, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, बालबालिका, किशोरकिशोरीलगायतका विभिन्न लक्षित वर्गलाई विकासको मूल प्रवाहमा ल्याउन प्रत्यक्ष योगदान हुने कार्यक्रम ल्याउनुपर्ने मन्त्रालयको सुझाव छ । 

त्यस्ता वर्गलाई विकासको मूल प्रवाहमा ल्याई समावेशी र समतामूलक राष्ट्र निर्माण गर्ने पन्ध्रौं योजनाको संकल्प रहेको विषय ध्यानाकर्षण गराएको छ । 



Author

थप समाचार
x