अर्थ / बाणिज्य

फराकिलो अन्तरले खस्कियो सेयर बजार

६३ अंकले खस्कियो नेप्से, कारोबार ११ अर्बमा खुम्चियो

इकागज |
असार ६, २०७८ आइतवार १५:४१ बजे

काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक ६३.२८ अंकले खस्किएको छ । दुई दशमलव १३ प्रतिशतले घटेर नेप्से परिसूचक २९०५.१४ बिन्दुमा झरेको हो । 

कारोबारमा आएका सबै समूहका परिसूचक कमजोर छ । धितोपत्र बोर्डले जोखिमयुक्त कम्पनीको सूची सार्वजनिक गरेयता नेप्सेमा लगातार खस्किदै गएको छ । आइतबारको कारोबारमा सबैभन्दा ठूलो गिरावट जलविद्युत् र फाइनान्स समूहमा देखिएको छ । बैंकिङ समूहको परिसूचक एक दशमलव आठ प्रतिशतले घटेको छ । 


सबैभन्दा ठूलो गरिवाट युनियन हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा आएको छ । नौ दशमलव ८१ प्रतिशतले घटेर यो कम्पनीको सेयर मूल्य तीन सय ८६ रुपैयाँमा कारोबार भएको छ । एक लाख २८ हजार दुई सय ८१ पटकको कारोबारमा दुई करोड ७३ लाख कित्ता सेयर किनबेच भएको छ । 

नेपाल पुनर्बीमा कम्पनीको ८० करोड २९ लाख रुपैयाँ सेयर कारोबार भएको छ ।  


Author

थप समाचार
x