अर्थ / बाणिज्य

सुनको भाउ चार सय रुपैयाँ बढ्यो

इकागज |
असार ७, २०७८ सोमबार १२:७ बजे

काठमाडौँ : सुन तोलामा चार सय रुपैयाँले बढेको छ । सोमबार सुन तोलामा ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन ९० हजार रुपैयाँ प्रति तोला कायम भएको थियो ।

आइतबार सुन आठ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी तोलामा पाँच रुपैयाँ महँगो भएको छ । सोमबार चाँदी तोलामा एक हजार दुई सय ९५ रुपैयाँ पुगेको छ ।



Author

थप समाचार
x