आयल निगमले बढायो इन्धनको मूल्य
पेट्रोल प्रतिलिटर ४ र डिजेल ३ रुपैयाँ
काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।
बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।
निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य बढाउनु परेको जानकारी दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया