अर्थ / बाणिज्य

कृषिमा योगदान र स्वस्थ्य उत्पादन

'ज्योति हेल्थी स्न्याक्स'ले पायो अवार्ड

इकागज |
साउन ४, २०८१ शुक्रबार १२:२८ बजे

काठमाडौँ-  नेशनल युथ एग्री इनोभेसन च्यालेन्जमा कृषि क्षेत्रमा योगदान र स्वस्थ खानेकुरा उत्पादन गरेको भन्दै 'ज्योति हेल्थी स्न्याक्स' कम्पनीले अवार्ड पाएको छ ।

युनडिपी, एफओ र युथ इनोभेसन ल्याबले गरेको आयोजनानमा बागमती प्रदेशबाट ज्योति हेल्थी स्न्याक्सले अवार्डबाट सम्मानित भएको हो ।


एक लाख रुपैयाँ नगदसहित उक्त कम्पनीले अवार्ड पाएको हो । कम्पनीका सञ्चालक आकांक्षा जोशी र अनिश रौनियारले एकसाथ अवार्ड ग्रहण गरेका थिए ।

त्यसैगरी, लुम्बिनी प्रदेशबाट सत्भा फुड प्रोडक्सन र लुम्बिनी प्रदेशबाट टावरग्रानिक्स नेपाल अवार्डबाट सम्मानित भएका थिए । द नेपाल युथ एग्री इनोभेसनमा च्यालेन्जम सातै प्रदेशबाट २३ वटा स्टार्टअप कम्पनीहरू सहभागी भएका थिए ।

नेपाली युवायुवतीहरूले कृषि क्षेत्रमा गरिरहेको उद्यम सँगसँगै योगदानमा आधारित व्यवसायलाई प्रोत्साहन गर्न यो अवार्डले ठूलो टेवा पुर्‍याएको विश्वास गर्न सकिन्छ ।

नेपालमा पछिल्लो समय ज्योति हेल्थी स्न्याक्सले नेपालमै पहिलोपटक स्वस्थ खाद्य उत्पादन गरिरहेको छ । सबै प्राकृतिक, प्रिजर्भेटिभ ग्रानोला बार, नट बटरहरू जस्तै पिनट बटर, काश्यु (काजू) बटर र आलमोन्ड (बदाम) बटर उत्पादन गर्ने गरेको छ ।

ग्रानोला बार वा न्यूट्रिशन बार नेपाली बजारका लागि एकदमै नयाँ अवधारणा रहेको कम्पनीले बताएको छ ।

र यो पनि

पुनहिल यात्रामा फुरेको नेपाली ब्राण्ड 'स्न्याकअन'

 

 


Author

थप समाचार
x