अर्थ / बाणिज्य

५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुचारु गर्ने सरकारको निर्णय

१० स्थानमा अन्तरराष्ट्रिय उडान सञ्‍चालन गरिने

इकागज |
असार ८, २०७८ मंगलबार १९:५३ बजे

काठमाडौँ : सरकारले ५० प्रतिशत यात्रु  राखेर आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक उडान सञ्‍चालन गर्ने निर्णय गरेको हो ।

उडानको व्यवस्था संस्कृति,  पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । उडान कहिलेदेखि खुलाउने भन्‍ने समय निर्धारण गर्ने जिम्मा मन्त्रालयलाई दिएको छ ।


उडान सम्बन्धी सम्पूर्ण निर्णय २०७८-१-२७ अनुसार हुनेछ । त्यसैगरी जनस्वास्थ्यको मापदण्ड अपनाएर अन्तरराष्ट्रिय उडान पनि हुनेछ । काठमाडौँदेखि दोहा नेपाली वायुसेवाको दुई र कतारको वायुसेवा गरी सातामा चार उडान हुनेछ ।

काठमाडौँ -टर्की सातामा दुई उडान, काठमाडौ-युएई सातामा चार उडान, काठमाडौँ-दमाम सातामा नेपाली वायुसेवाको दुई उडान, काठमाडौँ-कुवेत सिटीबाट कुवेत वायुसेवाको दुई उडान,  काठमाडौँ-ओमन सातामा एक उडान हुने ओमन वायुसेवाबाट एक उडान गर्ने निर्णय भएको छ ।

काठमाडौँदेखि मलेसिया सातामा चार वटा उडान हुने छ । काठमाडौँ दक्षिण कोरिया सातामा एक उडान हुनेछ । काठमाडौँ जापान सातामा नेपाली वायुसेवा कम्पनीबाट एक उडान हुनेछ । काठमाडौँ चीन सातामा चार वटा उडान हुने सरकारले निर्णय गरेको छ ।



Author

थप समाचार
x