एड क्लबको नयाँ बोर्डमा विधान राजभण्डारी
काठमाडौँ - एड्भरटाइजिङ एसोसिएसन अफ नेपाल (आन) को स्वायत्त संस्था एडी क्लबले आफ्नो नयाँ बोर्ड स्थापना गरेको छ ।
एड क्लबले गत असार २८ गते आफ्नो नयाँ कार्य समिति गठन गर्नुको साथै नेटवर्किङ कार्यक्रमको आयोजना गरेको छ ।
गभर्नर विधान राजभण्डारीको नेतृत्वमा नयाँ कार्य समिति एड क्लबमा गठन भएको हो ।
सह गभर्नरमा विलाशपुरुष ढकाल र दीपेन्द्र टन्डन छन् । अन्य सदस्यहरुमा आश्रा भट्टराई, अनुपम अधकिारी, विकास खतिवडा र अनुष्का श्रेष्ठ छन् ।
कार्यक्रममा नयाँ समितिले आगामी वर्षको लागी आफ्नो दृष्टिकोण पनि प्रस्तुत गरेको छ । एड क्लबले १०० भन्दा बढी सदस्यहरू छन् ।
क्लबको नयाँ बोर्डले नेपालमा विज्ञापन र मार्केटिङ उद्योगलाई थप उचाइमा पुर्याउन आगामी वर्षको कार्ययोजना सार्वजनिक गरेको हो ।
साथै क्लबमा विभिन्न उद्योगबाट सय सदस्य पूरा गरेको जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया