अर्थ / बाणिज्य

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
साउन ८, २०८१ मंगलबार ७:४९ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५ पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ ५२ पैसा र बिक्रीदर ८ रूपैयाँ ५६ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३६ पैसा र बिक्रीदर १८ रूपैयाँ ४५ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७९ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५३ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३६ रूपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर ४३८ रूपैयाँ ९० पैसा रहेको छ ।


Author

थप समाचार
x