अर्थ / बाणिज्य

लघुवित्त बैंकर्स संघका अध्यक्ष यादवको प्रतिक्रिया : मौद्रिक नीति निकै सन्तुलित रूपमा आएको छ

इकागज |
साउन ११, २०८१ शुक्रबार १५:१ बजे

काठमाडौँ- नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष रामबहादुर यादवले मौद्रिक नीति निकै सन्तुलित रूपमा आएको प्रतिक्रिया दिएका छन् ।

केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले मौद्रिक नीतिका कारण कर्जाको विस्तार हुने देखिएको बताएका हुन् । उनले लघुवित्तलाई सहजीकरण गर्ने गरी मौद्रिक नीति आएको भन्दै स्वागतयोग्य रहेको धारणा राखे ।


शाखाको मर्जरलाई समेत प्राथमिकता दिने गरी आएको र ग्राहकको पक्षमा पनि प्रभावकारी बनाउने गरी नीति आएको उनको भनाइ छ ।​

ब्याजदर र सेवा शुल्कलाई पुनरावलोकन गरी व्यवस्थित बनाउने कुरा पनि निकै राम्रो रहेको उनले बताए । उनले समस्यामा परेका ग्राहकहरूलाई विशेष सम्बोधन गर्ने नीतिले लघुवित्त क्षेत्रलाई सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x