अर्थ / बाणिज्य

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको भाउ बढ्याे

इकागज |
साउन १३, २०८१ आइतबार १०:४ बजे

फाइल फोटो

काठमाडौं -  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ ५ पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी एक डलरको खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ रुपैयाँ २७ पैसा कायम गरिएको छ । यसअघि शुक्रबार यसको खरिदमूल्य १३३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३४ रुपैयाँ २२ पैसा कायम भएको थियो । 


आइतबार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा १२ पैसाले बढेको हो । यसअघि शुक्रबार युरोको खरिददर १४४ रुपैयाँ ९९ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ६४ पैसामा कारोबार भएको थियो ।  

बेलायती पाउन्ड एकको खरिदमूल्य १७१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ७३ पैसा र बिक्रीमा ९७ रुपैयाँ १६ पैसा पाइन्छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६४ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६४ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६९ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ६३ पैसा र बिक्री मूल्य ३५ रूपैयाँ ७९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ५६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ७० पैसा र बिक्रीदर २८ रूपैयाँ ८३ पैसा कायम गरेको छ ।

यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४३६ रुपैयाँ ९४ र बिक्रीदर ४३८ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५६ रुपैयाँ १६ पैसा निर्धारण भएको छ। 


Author

थप समाचार
x