अर्थ / बाणिज्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

इकागज |
असार ९, २०७८ बुधवार २०:१२ बजे

काठमाडौँ :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २/२ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अब पेट्रोल १२७ रुपैयाँ प्रति लिटर,  डिजेल ११० रुपैयाँ प्रति लिटर, हवाइ इन्धन आन्तरिक उडानतर्फ ८२ रुपैयाँ प्रती लिटर तथा हवाइ इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ ७३५ अमेरिकी डलर प्रति लिटर कायम भएको छ ।



Author

थप समाचार
x