अर्थ / बाणिज्य

नेपाल–चीन व्यापारिक सम्बन्ध सुचारु गर्न उत्तरी सीमाका ५० हजार नागरिकलाई भेरोसेल खोप दिइने

इकागज |
असार १०, २०७८ बिहीबार १३:५८ बजे

काठमाडौँ : चीनसँगको उत्तरी सीमाका ५० हजार नागरिकलाई चिनियाँ भेरोसेल खोप लगाउने भएको छ । चीनसँग व्यापारिक सम्बन्ध तथा नागरिक स्तरमा सम्बन्ध हुने भएकाले उत्तरी भेगमा ५० हजारको संख्यामा भेरोसेल खोप लगाउनका लागि चीनबाट अनुदानित १० लाख मध्ये एक लाख मात्रा खोप छुट्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार निकट भविष्यमा उत्तरी भेगमा खोप वितरण शुरु हुनेछ । चीन सरकारले चिनियाँ खोप लगाउनलेलाई मात्र भीसा (प्रवेशज्ञा) दिने नीति रहेको सार्वजनिक गरिसकेको छ । चीनले नेपाललाई यसअघि ८ लाख मात्र खोप अनुदानमा दिएको थियो । हालै अनुदानमा प्राप्त अतिरिक्त १० लाख खोपबाट अहिले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप वितरण गरिदैं आएको छ । 
 



Author

थप समाचार
x