सुनको भाउ तोलामा सात सयले बढ्यो
फाइल फोटो
काठमाडौँ - नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ७०० रूपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रूपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो ।
यता, आज चाँदीको भाउ भने प्रतितोला १० रूपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया