सुनको मूल्य तोलामा २१ सयले बढ्यो
फाइल फोटो
काठमाडौँ - नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढेको छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया