अर्थ / बाणिज्य

पेट्रोलमा ५ र डिजलमा ३ रुपैयाँले घट्यो मूल्य

इकागज |
साउन ३१, २०८१ बिहीबार २०:२६ बजे

काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमको बिहीबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।


निगमले भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६५ र डिजल तथा मट्टितेलको प्रतिलिटर १५५ रुपैयाँ पर्ने भएको छ ।


Author

थप समाचार
x