युरो र पाउण्डको भाउ आकाशियो, अरू मुद्रा कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५८ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ ३८ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ६९ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ९ रूपैयाँ १७ पैसा र बिक्रीदर ९ रूपैयाँ २१ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ७८ पैसा र बिक्रीदर १८ रूपैयाँ ८६ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३८ रूपैयाँ ३२ पैसा रहेको छ भने बिक्रीदर ४४० रूपैयाँ २८ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया