Ekagaj Logo
२७ कात्तिक २०८१, मंगलबार
(Tuesday, 12 November, 2024)

अर्थ / बाणिज्य

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, लिटरको कति पुग्यो ?

इकागज |
असोज २९, २०८१ मंगलबार २१:३५ बजे

सांकेतिक फोटो

काठमाडौँ -  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर  एक , डिजेल र मट्टितेलमा प्रतिलिटर चार वृद्धि गरेको हो । 

मूल्य समायोजनसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर एक सय ५६.५०, दोस्रो वर्गमा एक सय ५८ र तेस्रो वर्गमा एक सय ५९ तथा डिजेल र मट्टितेल पहिलो वर्गमा रु एक सय ४८.५०, दोस्रो वर्गमा एक सय ५० र तेस्रो वर्गमा एक सय ५१ कायम भएको छ । 


निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवासी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई वर्गीकरण गरेको छ । 
 


Author

थप समाचार
x