अर्थ / बाणिज्य

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधरणसभा

वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ विजयी

इकागज |
मंसिर १३, २०७७ शनिबार २२:५० बजे

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम शुरु भएको छ । वस्तुगत समूहतर्फको उपाध्यक्षको निर्वाचनको सार्वजनिक मत परिणाम अनुसार वरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान प्यानलका उम्मेद्वार अञ्जन श्रेष्ठ विजयी भएका छन् । वस्तुगततर्फ १०१ मतदाता सूचीकृत भएका थिए । श्रेष्ठले ६२ मत पाएर विजयी भएका छन् ।

वस्तुगत उपाध्यक्षमा विजयी श्रेष्ठ अघिल्लो कार्यकालमा वस्तुगत समूहको सदस्य थिए । उनीसँग यस चुनावमा वस्तुगत समूहकै उपाध्यक्ष उमेशलाल श्रेष्ठ प्रतिस्पर्धामा थिए । विजयी अन्जन श्रेष्ठ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् भने उमेशलाल श्रेष्ठ क्वेस्ट फर्मास्युटीकल्स प्रालिका संस्थापक तथा प्रबन्ध निर्देशक हुन् । 
 



Author

थप समाचार
x