अर्थ / बाणिज्य

नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारण सभा

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

इकागज |
मंसिर १४, २०७७ आइतबार ६:२६ बजे

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा ढकालले किशोर प्रधानलाई पराजित गरे । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको महासंघमा यससँगै ढकालले अर्को कार्यकाल निजी क्षेत्रको प्रतिनिधिमूलक संस्थाको नेतृत्व गर्नेछन् । महासंघमा आवद्ध भएको एक दशकमै ढकालले उक्त संस्थाको नेतृत्वमा पु-याएका छन् । 

उनीसँग महासंघका जिल्ला, नगरतर्फबाट उपाध्यक्ष रहेका किशोर प्रधानले प्रतिस्पर्धा गरेका थिए । सबैभन्दा बढी अर्थात् ५० प्रतिशत मतभार हुने जिल्ला नगरको भोटमा प्रधानलाई बराबरी जसोमा रोक्न सफल भएपछि एशोसिएट र वस्तुगततर्फको भोटबाट प्रधानलाई पछाडि पारे । जिल्ला नगरमा ढकालले ५२ र प्रधानले ५३ मत ल्याएका थिए । 


९२३ मत हुने एशोसिएटमा ढकालले आफ्नो पकड राम्रो देखाएका छन् । उनी यसअघि एशोसिएटबाट निर्विरोध उपाध्यक्ष निर्वाचित भएका थिए । ढकालले एशोसिएटतर्फका आफ्नो प्यानलका उपाध्यक्षका उम्मेद्वार रामचन्द्र संघईलाई पनि विजयी गराएका छन् । ढकालले एशोसिएटबाट ५२२ मत ल्याए भने प्रधाले ३७५ मत ल्याएका थिए । एशोसिएटको मतभार वरिष्ठ उपाध्यक्षको निर्वाचनमा ३० प्रतिशत हुन्छ । त्यस्तै, २० प्रतिशत मतभार गणनाा हुने वस्तुगत तर्फको मतमा पनि ढकालले ५२ र प्रधानले ३९ मत ल्याए । 

निर्वाचित भैसकेपछि संक्षिप्त प्रतिक्रिया दिदैं ढकालले, ‘निर्वाचनको क्रममा प्यानलगत विभाजन मतदानसँगै समाप्त भएको र अब निजी क्षेत्रका साझा मुद्दामा हिंड्ने’ बताए । 

महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा भने दिनेश श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ यसअघि काठमाडौं जिल्ला उद्योग वाणिज्य संघको अध्यक्ष थिए भने महासंघमा अघिल्लो निर्वाचनमा जिल्ला, नगरतर्फको उपाध्यक्षको निर्वाचनमा पराजित भएका थिए । 

एशोसिएटमा प्रधानको प्यानलबाट उपाध्यक्षको उम्मेद्वार बनेका सौरभ ज्योतिले भने निर्वाचनमा पराजित भए । एशोसिएट समूहको मतमा होल्ड भएका ढकालले आफ्नो प्यानलका उपाध्यक्ष संघईलाई जिताएका छन् । 

वस्तुगत समूहबाट उपाध्यक्षमा  अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । 


Author

थप समाचार
x