स्काइवाक टावरको अध्यक्षमा सिंह र प्रबन्ध निर्देशकमा पाण्डे
काठमाडौं - काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरको अध्यक्षमा तेजबहादुर सिंह र प्रबन्ध निर्देशकमा विष्णुहरि पाण्डे मनोनीत भएका छन् । सञ्चालक कम्पनी वोन्डर्स नेपाल प्रालिको सातौं वार्षिक साधारणसभाले सञ्चालक समिति पुनःगठन गर्दै सिंहलाई अध्यक्ष र पाण्डेलाई प्रबन्ध निर्देशकमा मनोनीत गरेको हो ।
सभाले सञ्चालक समिति पुनःगठन गर्नुका साथै कम्पनीलाई पब्लिक लिमिटेडमा लैजाने समेत प्रस्ताव पारित गरेको छ । पब्लिक लिमिटेडमा गइसकेपछि कम्पनीको साधारण शेयर निष्कासनको बाटो खुल्नेछ । त्यस अवसरमा आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण समेत पारित गरिएको थियो ।
कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिन्छ । सिसामाथि हिँडेर साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी भइसकेको छ ।
स्काइ वाकबाट ऐतिहासिक रानी पोखरी र घण्टाघर टावरको आँगनमै रहेको जस्तो भान हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्टबाट र बाँकी तीन तलामा सिँढीमार्फत पुग्न सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एकै पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ ।
टावरको २५औँ तला साहसिक तला हो। त्यहाँ पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिँड्न पाइन्छ । त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया