अर्थ / बाणिज्य

कोरिया जाने कामदारलाई पाँच हजार डलरको कोरोना बीमा

इकागज |
असार २४, २०७८ बिहीबार १४:१७ बजे

काठमाडौँ : सरकारले वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका कामदारलाई कोभिड-१९ बीमा गराउने तयारी गरेको छ । वैदेशिक रोजगार विभागले कोरिया जाने कामदारहरूलाई बीमा गराउन कम्पनीहरूको खोजी गरेको छ ।

इपीएस कोरिया शाखाका अनुसार कोरिया सरकारले नेपाली कामदार लानका लागि शर्त राखेकोले बिमा गर्नलाई कम्पनीहरू सूचीकृत गर्न लागेको हो । कामदार आफैँले बीमाको प्रिमियम रकम तिर्नुपर्ने ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले जानकारी दिए ।

विभागले साउन ४ गतेभित्र ईच्छुक कम्पनीहरूले निवेदन बुझाउन आह्वान गरेको छ । कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि पाँच हजार डलर बीमा गराउने तयारी गरेको हो । बीमा प्रिमियमबापतको रकम कुनै पनि सेवा शुल्क नलिई र नकटाई सेवा दिने शर्तमा बीमा कम्पनीहरूसँग सम्झौता गर्नेछ । 



Author

थप समाचार
x