अर्थ / बाणिज्य

झापामा छ महिनामा पाँच सय ३२ घरेलु तथा साना उद्योग दर्ता

इकागज |
माघ १०, २०८१ बिहीबार २०:५९ बजे

भद्रपुर (झापा)- झापामा चालु आर्थिक वर्षको छ महिनामा पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग सो अवधिमा उद्योगतर्फ दुई सय ९७ र वाणिज्यतर्फ दुई सय ३५ गरेर पाँच सय ३२ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ आठ सय ७३ र वाणिज्यतर्फ आठ सय ६६ उद्योग नवीकरण गरिएको बताइएको छ । 


जिल्लामा सो अवधिमा उद्योगतर्फ ८५ र वाणिज्यतर्फ ७१ गरी एक सय ५६ उद्योगको लगत कट्टा गरिएको छ । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका छन्। 

विभिन्न कारणले उद्योग बन्द हुनेको संख्याभन्दा नयाँ थपिने उद्योगको संख्या बढ्दो रहेको भट्टराईको भनाइ छ । कार्यालयले उक्त अवधिमा विभिन्न शीर्षकमा रु. एक करोड ४८ लाख १९ हजार चार सय ५० राजस्व संकलन गरेको छ ।


Author

थप समाचार
x