सिन्धुली-बर्दीबास सडक निर्माणको ठेक्का तोडिने
फाइल फोटो
काठमाडौँ : धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले सिन्धुली-बर्दिबास सडकखण्ड कालोपत्रे गर्ने काम अलपत्र पार्ने ठेकेदारसँग ठेक्का तोड्ने भएको छ । नवनिर्माण बिल्डर्स प्रालीले समयमा काम सम्पन्न नगरेको भन्दै ठेक्का तोड्न लागेको हो ।
गत वर्ष भदौ १० मा सडक कालोपत्रे गर्ने सम्बन्धमा सम्झौता भएको थियो । गत वर्ष नै असोज ३० ठेक्का सम्पन्न गर्नुपर्ने थियो । तर, कम्पनीले नौ महिना बितिसक्दा पनि कुनै गम्भिरता नदेखाएपछि ठेक्का तोड्न लागेको आयोजनाले जानकारी दिएको छ । आयोजनाले कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आदेश दिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया