अर्थ / बाणिज्य

सेनाले हस्तान्तरण गर्‍यो खुलालु-लैफु-सलीसल्ला सडक

इकागज |
असार ३१, २०७८ बिहीबार २१:२ बजे

काठमाडौँ : नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत खुलालु-लैफु-सलीसल्ला सडकखण्ड सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाका कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा-सिमिकोट सडक आयोजनाका योजना प्रमुख बिष्णुदास लामालाई सडक हस्तान्तरण गरेका हुन् ।

२०७१ साल चैत्र ०९ गतेबाट निर्माण सुरु गरिएको १२२.७५ कि.मि. लम्बाई र औसत ६ मिटर चौडाई रहेको सडकखण्डले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ ।


सडकको निर्माण पश्चात राष्ट्रिय सडक सञ्‍जालमा जोडिन बांकी हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका समेत उक्त सडक सञ्‍जालमा जोडिएका छन् ।


Author

थप समाचार
x