चीन सबैभन्दा ठूलो खोप प्रदायक
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्दै
काठमाडौँ - चीन नेपालका लागि अहिलेसम्म सबैभन्दा ठूलो खोप प्रदायक बनेको छ । चीनले यसअघि १८ लाख कोभिड–१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने शुक्रबार मात्रै राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको शिष्टाचार भेटमा १६ लाख खोप अनुदानमा दिने चीन सरकारको सन्देश सुनाइन् ।
नेपालले भारतको सिरम इन्स्टिच्यूट अफ इण्डियासँग खरिद सम्झौता भएर भुक्तानी पठाइसकेको खोप पठाउन समेत भारतले चार महिना ढिलाइ गरिसकेको छ । अझै पनि खरिद सम्झौता भएको १० लाख मात्रा खोप आउने सुनिश्चितता भएको छैन । भारतसँगको सम्झौता मुताबिक खोप नदिएपछि खोप पहिलोमात्रा खोप लगाएर दोस्रो मात्रा खोपका लागि प्रतीक्षा गरिरहेका १३ लाख नागरिक प्रभावित भएका छन् ।
भारतले नेपाललाई १० लाख अनुदानका अतिरिक्त १ लाख मात्रा खोप नेपाली सेनालाई अनुदानस्वरुप उपलब्ध गराएको हो । २० लाख मात्रा खरिदका लागि सम्झौता भएकोमध्ये भारतले १० लाख मात्रा मात्र पठाएको छ । भारतले अनुदानमा पठाएको खोप तामझामसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई गत वर्ष माघ ८ मा हस्तान्तरण गरेका थिए । भारतले सम्झौतीत खोप समेत उपलब्ध गराउँदा नेपालले भारतबाट कुल ३१ लाख खोेप पाउँछ, तर १० लाख खोप आपूर्तिको सुनिश्चितता नभएकाले अहिलेसम्म नेपालले भारतबाट प्राप्त गरेको खोप जम्मा २१ लाख मात्रा मात्र हो । भारतले महामारीको दोस्रो लहरका कारण देखाउँदै निर्यात र प्रतिवद्धता अनुसार कोभ्यास सुविधालाई खोप उपलब्ध नगराउँदा न्यून आय भएका राष्ट्रहरूमा खोप वितरण प्रभावित भएको हो ।
विश्वको ठूलो खोप उत्पादक भन्ने प्रचार चलाएपनि खोप कूटनीतिमा भारतको छिमेकमा भारतलाई चीनले निकै पछाडि पारिसकेको छ । नेपाललाई चीनले ३४ लाख खोप अनुदानमा दिने सुनिश्चित भएको छ भने ४० लाख खरिदका लागि दिएको छ । यसले नेपालले चीनबाट ७४ लाख खोप प्राप्त गर्नेछ । नेपालले चीनसँग खरिद गरेको ४० लाख मात्रा खोपमध्ये दोस्रो कन्साइन्मेन्ट साउन ६ मा र साउन १५ मा प्राप्त हुँदैछ ।
Geo-politics is also about credibility #India needs to understand. 21 Jan big fanfare and the vaccines purchased by Nepal never arrived. #China today announced further grant of 1.6 million doses pic.twitter.com/5AV9dZ7v4i
— Sujeev Shakya (@sujeevshakya) July 16, 2021
कोभ्यास सुविधा अन्तर्गत नेपाललाई अमेरिकाले १५ लाख एक मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गराएको छ भने जापानले १६ लाख अष्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ । जापानबाट आउने खोप कोभिशील्डको पहिलो मात्रा लगाएकाहरूका लागि उपलब्ध गराइने भएको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत नेपालले १ करोड ४८ लाख मात्रा उपलब्ध हुनुपर्नेमा अहिलेसम्म साढे ३४ लाख खोपको सुनिश्चितता भएको छ । शुरुवातमा भारतबाट तीन लाख ४८ हजार र हालै अमेरिकाबाट १५ लाख मात्रा खोप कोभ्याक्स अन्तर्गत प्राप्त भएको हो भने जापानबाट प्राप्त हुने क्रममा छ ।
अहिले चीन, अमेरिका, भारत, बेलायत, रूसले खोप उत्पादन गर्दै आइरहेका छन् । यद्यपि भारतले उत्पादन गरिरहेको कोभिशील्ड खोप बेलायतमा अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा अष्ट्राजेनेका कम्पनीले विकास गरेको हो ।
खोपको स्रोत/ खोप प्रदायक देश |
प्रतिवध्दता गरेको मात्रा |
उपलब्ध भएको |
बाँकी |
|
कोभ्याक्स |
कुल प्रतिवध्दता |
१४८००००० |
३४४८००० |
११३५२००० |
भारत |
३४८००० |
३४८००० |
|
|
अमेरिका |
१५००००० |
१५००००० |
|
|
जापान |
१६००००० |
|
१६००००० |
|
चीन |
७४००००० |
२६०००००+ |
४८००००० |
|
भारत |
३१००००० |
२१००००० |
१०००००० |
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया