अर्थ / बाणिज्य

३००० अंक नाघ्यो नेप्से, चार कम्पनीको सेयर भाउमा उच्च वृद्धि

इकागज |
साउन ७, २०७८ बिहीबार १५:१९ बजे

काठमाडौँ : सेयर बजार मापक नेप्से परिसूचक एक महिना एक सातापछि फेरि ३००० नाघेको छ । १८.७५ अंकले नेप्से बढेर ३००४.३१ बिन्दुमा पुगेको हो । 

असार १ नेप्से परिसूचक ३०२२ बिन्दुमा पुगेको हो । चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ । लक्ष्मी उन्‍नत कोष, ङादी ग्रुप पावर, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र माउन्टेन हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । 


पाँच समूहका परिसूचकबाहेक अन्य समूहका परिसूचक कमजोर छन् । तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । 

११ अर्ब ११ करोड रुपैयाँको कूल सेयर कारोबार भएको छ । एक लाख १४ हजार सात सय ७२ पटकको कारोबारमा पाँच करोड ५९ लाख कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी कृषि विकास बैंकको सेयर कारोबार भएको छ ।


Author

थप समाचार
x