अर्थ / बाणिज्य

खोप किन्न नेपाललाई एडीबीले पौने २० अर्ब ऋण दिने

इकागज |
साउन ७, २०७८ बिहीबार १५:५१ बजे

तस्बिर : एसियाली विकास बैंकको सौजन्यमा प्राप्त

काठमाडौँ– नेपालले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि एसियाली विकास बैंक (एडीबी) सँग १६ करोड ५० लाख अमेरिकी डलर (१९ अर्ब ७४ करोड रुपैयाँ) ऋण लिने भएको छ । एडीबीले नेपालका लागि उक्त सहयोग स्वीकृत गरेसँगै नेपालको खोप योजना थप प्रभावकारी हुने अनुमान गरिएको छ ।  

उक्त सहयोगबाट नेपालले सुरक्षित र प्रभावकारी खोप खरिद गर्ने बताइएको छ ।  नेपालमा राष्ट्रिय विकास र खोप योजना अन्तर्गत  १ करोड ५९ लाख मात्रा खोप खरिदको योजना छ । यस योजनाबाट ६८ लाख नेपालीले खोप प्राप्त गर्नेछन् । 
 



Author

थप समाचार
x