अर्थ / बाणिज्य

मध्यभोटेकोशीको आइपिओ भर्न ग्लोबल आइएमई शनिबार पनि खुल्ने

इकागज |
साउन ८, २०७८ शुक्रबार १२:३३ बजे

काठमाडौँ : ग्लोबल आइएमई क्यापिटलले शनिबार (भोली) पनि खुल्ने भएको छ । मध्य भोटेकोशी जलविद्युत्‌ कम्पनीको साधारण सेयर (आइपिओ) भर्न बाँकी ग्राहकको सुविधाका लागि खोल्न लागेको कम्पनीले जानकारी दिएको छ । 

नक्सालको लक्ष्मणबाबु भवनमा रहेको मुख्य कार्यालयमार्फत सेवा प्रवाह गर्ने उल्लेख छ । बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म कम्पनीको कार्यालय खुला रहने भनिएको छ । 

एचआइडिसिएलको हकप्रद सेयर मा आवेदन दिने, हितग्राही खाता खोल्ने, नविकरण गर्ने र अरु सुविधाका लागि कार्यालय खुला राखिने कम्पनीले जानकारी दिएको छ । 



Author

थप समाचार
x