अर्थ / बाणिज्य

नर्भिक पब्लिक कम्पनी बनेपछि पहिलो सञ्चालक समिति, आइपीओ जारी हुने

इकागज |
साउन ८, २०७८ शुक्रबार १४:९ बजे

काठमाडौँ – प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ सञ्चालक समिति चयन भएको छ । 

नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो सञ्चालक समिति रहेको नर्भिकले जनाएको छ । यही सञ्चालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजाने बताइएको छ । 


नर्भिकको नवनियुक्त सञ्चालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । 
प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छिन् भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएको अस्पतालले जनाएको छ । 

स्वतन्त्र सञ्चालक को रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् । 

उनकाअनुसार नर्भिकको सञ्चालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन् । सञ्चालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् । 


Author

थप समाचार
x