अर्थ / बाणिज्य

आफैंले बजेट ब्रिफकेस फुटाइदिएका पूर्वअर्थमन्त्रीसँग सल्लाह माग्दै शर्मा

इकागज |
साउन ११, २०७८ सोमवार १५:४ बजे

काठमाडौँ– राजनीतिमा अनेकन सम्भावना हुन्छन्, त्यसैले यसलाई सम्भावनाको खेल पनि भनिन्छ । यस्तै संंयोग पुनः दोहोरिएको छ, अर्थ मन्त्रालयमा । अर्थमन्त्री जनार्दन शर्माले पूर्वअर्थमन्त्रीहरूसँग यतिबेला राय, सुझाव र परामर्श लिइरहेका छन् । उनले आइतबार पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, वर्षमान पुन, शंकरप्रसाद कोइरालालगायतसँग अर्थतन्त्र पुनरुत्थान, अर्थतन्त्रको स्थायित्व र समावेशीता, बजेट कार्यान्वयन लगायतका विषयमा छलफल गरेका थिए । 

आर्थिक वर्ष २०६७/६८ मा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट प्रस्तुत गर्न जाँदा माओवादीले अवरोध मात्र गरेको होइन, ब्रिफकेस पनि फुटाइदिएको थियो । त्यसको नेतृत्व गर्ने माओवादी नेता जनार्दन शर्मा अहिले अर्थमन्त्री बनेका छन् । 


एमाले नेता पाण्डेका अनुसार त्यतिबेला माओवादीसँग सहमति गरेर नै संसदमा बजेट प्रस्तुत गर्न तयारी गरेको थियो । तर त्यसलाई उल्लंघन गरेर माओवादीले सदनमा बजेट प्रस्तुत गर्न अवरोध गरेको थियो । त्यसको भोलिपल्ट २०६७ मंसीर ४ मा तत्कालीन सरकारले अध्यादेशमार्फत् बजेट ल्याएको थियो ।

मर्यादापालकले रोक्दारोक्दै पनि पाण्डेमाथि माओवादीले त्यतिबेला पाण्डेमाथि हातपात गरी बजेट ब्रिफकेस समेत फुटाइदिएको थियो । 

अहिले अर्थमन्त्री शर्माले कोभिड-१९ प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि अर्थतन्त्र पुनरुत्थान विधेयक ल्याउन लागेका छन् । तत्कालीन अवस्थामा माओवादीले बारम्बार संसद अवरुद्ध गरेपनि अहिले माओवादी संसदीय व्यवस्थाको हिमायती बनेको छ । 

यसअघि प्रस्तुत भिडियो फरक मितिको परेकोले हटाइएको छ - सम्पादक*
 


Author

थप समाचार
x