अर्थ / बाणिज्य

मैलुङ खोलाको आइपिओ खुल्यो

इकागज |
साउन १४, २०७८ बिहीबार १०:५७ बजे

काठमाडौँ : बिहीबार(आज)बाट मैलुङ खोला जलविद्युत्‌ कम्पनीको साधारण सेयर (आइपिओ) निष्काशन गरेको छ । ६ लाख ८४ हजार सात सय ४६ कित्ता साधारण सेयर निष्काशन गरेको हो ।

यो जलविद्युत्‌को प्रति सेयर एक सय रुपैयाँका दरले साधारण सेयरको बिक्री खुलेको हो । सात लाख ३६ हजार दुई सय ८६ कित्तामध्ये पाँच प्रतिशत अर्थात ३६ हजार आठ सय १४ कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

जारी पुँजीको दुई प्रतिशत (१४ हजार सात सय २६ कित्ता) कर्मचारीका लागि छुट्याइएको छ । १० लाख कित्तादेखि एक लाख कित्तासम्म सेयरका लागि आवेदन दिन सकिने कम्पनीले जानकारी दिएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीको प्रति सेयर आम्दानी २८.५४ रुपैयाँ पुग्ने प्रक्षेपण छ । यसको लगानी फिर्ता हुने अवधि ६ वर्ष दुई महिनाको छ । डिष्काउन्टेड लगानी फिर्ता हुने अवधि १० वर्ष ६ महिना छ ।



Author

थप समाचार
x