अर्थ / बाणिज्य

सुपरमाईले ११.५० प्रतिशत नगद लाभांश बाँड्ने

इकागज |
साउन १७, २०७८ आइतबार ९:४४ बजे

काठमाडौँ : सुपरमाई हाईड्रोपावर पब्लिक लिमिटेडले नगद लाभांश बाँड्ने भएको छ । कम्पनीले चुक्ता पुँजीको ११.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्‍चित मुनाफाबाट लाभांश बाँड्नेछ । भदौ पाँचमा कम्पनीको वार्षिक साधारणसभा डाकिएको छ ।

साधारणसभाका मितिसम्म कायम रहेका सेयरधनीहरूलाई लाभांश बाँड्ने उल्लेख छ । त्यसबाहेक आइपिओ जारी गर्ने सम्बन्धमा समेत कम्पनीले प्रस्ताव गर्नेछ ।



Author

थप समाचार
x