अर्थ / बाणिज्य

स्विस सिंगापुरलाई मल किन्‍न साढे दुई अर्बको ठेक्का

इकागज |
साउन १८, २०७८ सोमबार १२:७ बजे

काठमाडौँ - कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिक टन युरिया मल आपूर्तिका लागि स्विस सिंगापुर कम्पनीसँग ठेक्का सम्झौता गरेको छ । कम्पनीले एक करोड ९८ लाख ६७ हजार पाँच सय अमेरिकी डलर -करिब साढे दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता गरेको हो ।

प्रति मेट्रिक टन ६६२=२५ अमेरिकी डलर रुपैयाँ पर्ने गरी ठेक्का सम्झौता गरेको छ । गत वर्ष भदौमा साल्ट ट्रेडिङसँग ठेक्का सम्झौता गरी स्विस सिंगापुरले नै मल ल्याएको थियो । तर, मल भिजेको अवस्थामा पाइएपछि ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो ।



Author

थप समाचार
x