अर्थ / बाणिज्य

३१०० नाघ्यो सेयर बजार, सात कम्पनीको मूल्यमा उच्च वृद्धि

इकागज |
साउन १९, २०७८ मगलवार १५:४९ बजे

काठमाडौँ - सेयर बजार सूचक नेप्से परिसूचक २६.०२ अंकले बढेर ऐतिहासिक उचाइमा पुगेको छ । नेप्से ०.८४ प्रतिशतले बढेर ३१११.०९ बिन्दुमा पुगेको हो । सात कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमध्ये दुई कम्पनीको सेयर मूल्य बढेर सर्किट ब्रेकर नै लागेको छ । पाँचथर पावर कम्पनी र रु रु जलविद्युत्‌को मूल्यमा सर्किट ब्रेकर लागेको हो ।

विकास बैंक र म्युचुअल फन्डबाहेक सबै समूहका परिसूचक सकारात्मक छन् । जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी र स्वाभलम्बन लघुवित्तको सेयर मूल्य नौ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । ११ अर्ब ५२ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । दुई करोड ११ लाख कित्ता सेयर किनबेच भएको छ ।



Author

थप समाचार
x