अर्थ / बाणिज्य

नेपाल टेलिकमको अनलाइन रिचार्जमा समस्या

इकागज |
साउन २१, २०७८ बिहीबार ११:५० बजे

काठमाडौँ  - अनलाइन माध्यमबाट गरिने नेपाल टेलिकमको रिचार्ज सेवामा समस्या देखिएको छ । मोबाइल वालेट, मोबाइल बैंकिङ जस्ता माध्यमबाट हुँदै आएको रिचार्ज सेवा अवरुद्ध भएको हो । 

नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीका अनुसार नेटवर्कमा समस्या आएकाले अनलाइनमार्फत रिचार्ज सेवा अवरुद्ध भएको हो । उनले भने, 'रिचार्ज कार्डमार्फत गरिने रिचार्जमा कुनै समस्या छैन । तर, अनलाइनमाध्यमबाट गरिने रिचार्ज सेवामा समस्या आएको हो । हामी बनाउँदैछौँ ।'


खल्ती, इसेवा, मोबाइल बैंकिङ एप जस्ता माध्यमबाट रिचार्ज गर्नमा समस्या देखिएको छ । 


Author

थप समाचार
x