अर्थ / बाणिज्य

कोभिडविरुद्धको खोप माग गर्दै सडक निर्माण बन्द

इकागज |
साउन २१, २०७८ बिहीबार १२:३३ बजे

फाइल तस्‍बिर

बनियानी - झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोभिडविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन् ।  ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको  जानकारी दिए । 'खोप नलगाएसम्म जोखिम मोलेर काम गर्न सकिँदैन,' उनले भने । खोपका लागि मजदूर कर्मचारीको नामावलीसहित कनकाई नगरपालिकामा निवेदनसमेत पेश गरिएको उनले बताए ।

सो सडक खण्डको निर्माणमा १३० मजदूरकर्मचारी नियमित काम गरिरहेका छन् । करिब १० महिना अघि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अमरपथ सडक खण्डको शिलान्यास गरेका थिए । उक्त सडकको लम्बाइ सुरुङदेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटरे छ । 


पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत एक अर्ब चार करोड रुपैयाँ रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७ दशमलव ८ किलोमिटरको ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले ५७ करोडमा लिएको छ ।२०७६ भदौ १६ गते ठेक्का सम्झौता भएको उक्त सडकको निर्माण कम्पनीले २०८० भदौ १५ गतेभित्र गरिसक्नुपर्नेछ ।


Author

थप समाचार
x