अर्थ / बाणिज्य

१६ अंकले खस्कियो सेयर बजार

बैंकिङ र विकास बैंकबाहेक सबै समूहका परिसूचक कमजोर

इकागज |
साउन २१, २०७८ बिहीबार १५:११ बजे

काठमाडौँ – साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६ अंकले खस्किएको छ । अधिकांश समूहका परिसूचक कमजोर बनेपछि नेप्से परिसूचक घटेको हो ।

बैंकिङ र विकास बैंक समूहका परिसूचकमा भने वृद्धि हुँदा सेन्सिटिभ इन्डेक्समा वृद्धि भएको छ । बैंकिङ समूहको परिसूचकमा सामान्य वृद्धि भएको छ भने विकास बैंक समूहको परिसूचक दुई दशमलव २१ प्रतिशतले बढेको छ । पछिल्लो समयमा लगातार बढिरहेको जलविद्युत्‌ समूहमा भने बिहीबार दुई प्रतिशतभन्दा बढी दरमा गिरावट आएको छ ।

नेप्से परिसूचक खस्किए पनि चार कम्पनीको सेयर मूल्यमा भने उच्च वृद्धि भएको छ । नेपाल फाइनान्स, कर्णाली विकास बैंक, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा उच्च वृद्धि भएको हो । १४ अर्ब ३१ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।



Author

थप समाचार
x